ad ad

राजनीति


प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु, ओली पक्ष र थापा भने अनुपस्थित

प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु, ओली पक्ष र थापा भने अनुपस्थित

सागर न्यौपाने
कात्तिक २१, २०७७ शुक्रबार ९:४४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ।

दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा  वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्। बैठक अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसिरहेको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा भने बैठकमा सहभागी छैनन्।

पार्टी केन्द्रीय कार्यालयबाट दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबाहेक सचिवालयका ७ जनालाई बैठकका विषयमा सन्देश पठाइए पनि अध्यक्ष ओलीसहित चार सचिवालयका नेता उपस्थित नभएका हुन्।

याे पनि: 
प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक, ओली पक्ष भन्छ- कुनै जानकारी छैन

धुम्बाराहीमा आज सचिवालय बैठक छैन : प्रधानमन्त्रीका सल्लाहकार थापा

प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य सहभागी हुने

बैठक राख्न ओली तयार नभए, प्रचण्ड–नेपाल पक्षको यस्तो छ ‘प्लान बी’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .