ad ad

राजनीति


भारतीय जर्नेलले भने: चीनलाई रोक्न भारतले दक्षिण एसियाको भूराजनीति परिवर्तन गर्दैछ

भारतीय जर्नेलले भने: चीनलाई रोक्न भारतले दक्षिण एसियाको भूराजनीति परिवर्तन गर्दैछ

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ९:५१,

भारतले दक्षिण एसियाको भूराजनीति परिवर्तन गरिरहेको भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतले बताएका छन्।

नेसनल डिफेन्स कलेजको एक सेमिनारमा बोल्दै रावतले विश्वशक्ति बन्ने महत्वाकांक्षा लिएर चीन दक्षिण एसिया र इन्डो–प्यासिफिक क्षेत्रमा प्रवेश गरेका बताए।

पछिल्लो समय उत्पन्न प्रतिकूल परिस्थितिलाई रोक्न भारतले कूटनीतिक पहल थालेको उनको भनाइ छ।

‘हामीले क्वाडसँग निकट सम्बन्ध कायम गरेका छौँ। अमेरिका इजरायल र फ्रान्ससँग रक्षा सहकार्य र हतियार खरिद गरेका छौँ। आसियान मुलुकसँग संयुक्त सैन्य अभ्यास गरेका छौँ,’ रावतले भने, ‘हामीले दक्षिण एसियाको भूराजनीतिलाई पनि परिवर्तन गरिरहेका छौँ। सुधार्न नसकिने एउटा छिमेकीलाई छाडेर ‘छिमेक पहिले’ नीतिमार्फत सहकार्यको नयाँ खाका कोरेका छौँ।

रावत भारतको प्रथम चिफ अफ डिफेन्स स्टाफ हुन्। भारतले गत वर्षदेखि मात्रै यो पदको व्यवस्था गरेको थियो। गत जनवरी १ देखि यो पद सम्हालेको जनरल रावत भारत सरकारको सबैभन्दा वरिष्ठ सैन्य सल्लाहकार तथा रक्षा मन्त्रालयअन्तर्गतको डिपार्टमेन्ट अफ मिलिटरी अफेयर्सका प्रमुख हुन्।

रावतले पाकिस्तान र चीनको मेलजोल भारतका लागि सधैँ खतरा हुने बताए।

चीनसँगको भारतको सम्बन्ध निकट भविष्यमा प्रतिस्पर्धात्मक रहने उनको भनाइ छ।

‘सुरक्षा परिस्थितिको समग्र हिसाब गर्दा चीनसँग पूर्णरुपको युद्ध हुने सम्भावना कम छ,’ रावतले भने, ‘तथापि सीमाको मुठभेड, घुसपैठ र सैन्य कारबाही ठूलो द्वन्द्वमा परिणत हुँदैन भन्न सकिन्न।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .