नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य-सचिव मनोनीत गरेको छ।
सभापति गगन थापाले सोमबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य–सचिव मनोनीत गरेका हुन्।
वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य पदमा र अधिवक्ता राजु कटुवाललाई सदस्य-सचिव पदमा मनोनीत गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। कांग्रेसले गत चैत ११ मा खड्काको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गरेको थियो।

प्रतिक्रिया