राजनीति


पूर्वसभामुख महराकी श्रीमतीको निधनमा चिनियाँ कम्युनिष्ट पार्टीको समवेदना

पूर्वसभामुख महराकी श्रीमतीको निधनमा चिनियाँ कम्युनिष्ट पार्टीको समवेदना

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ८:४६,

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक पत्र लेखी महराकी श्रीमतीको निधनप्रति दुःख व्यक्त गरेको छ।

सीपीसीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गतको दक्षिण तथा दक्षिणपूर्वी एसिया ब्युरोले बुधबार महरालाई एक पत्र पठाई उनप्रति समवेदना प्रकट गरेको हो।

‘कमरेड, यहाँको श्रीमतीको दुखद निधनबारे सुन्दा अत्यन्त दुःख लागेको छ। यहाँलाई पर्न पर्न गएको क्षतिप्रति हामी अत्यन्त दुखित छौं यस दुखद क्षणमा हामी यहाँलाई गहिरो समवेदना व्यक्त गर्दछौं,’ सो व्युरोले सांसद महरालाई पठाएको पत्रमा उल्लेख छ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण बुधबार निधन भएको थियो।

५९ वर्षीया सीताको काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचारका क्रममै निधन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad