राजनीति


नेपाली सेनाको इतिहास र भूमिकाबारे भारतीय सेना प्रमुखलाई ‘ब्रिफिङ’

नेपाली सेनाको इतिहास र भूमिकाबारे भारतीय सेना प्रमुखलाई ‘ब्रिफिङ’

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ८:४५,

नेपाली सेनाले आफ्नो इतिहासबारे भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘ब्रिफिङ’ गरेको छ।

सैनीक मुख्यालयमा बिहीबार भएको दुई देशका सेनाप्रमुखको भेटवार्ता पछि सेनाले आफ्नो भूमिका र इतिहासबारे भारतीय सेना प्रमुख नरवणेलाई ‘ब्रिफिङ’ गरेको हो।

‘छलफलपछि भारतीय सेना प्रमुखसँग नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरीएको छ’, सेनाले भेटवार्तापछि प्रेस विज्ञप्तिमा भनेको छ।

बिहीबार प्रधानसेनापति थापा र नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ।

नरवणे प्रधान सेनापति थापाको औपचारिक निमन्त्रणामा बुधबार तीनदिने नेपाल भ्रमणमा आएका हुन्। नरवणेले बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन्।

बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरे।

उक्त अवसरमा उनले जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका छन्।

narbane-biruwa.JPG

नरवणेलाई बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

यसैबीच नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण गरेका छन्। बिहीबार जंगी अड्डामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटवार्तापछि प्रधानसेनापति थापाले उक्त मेडिकल मास्क हस्तान्तरण गरेका हुन्।

भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडीकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए।

भारतीय सेना प्रमुक नरवणेले नेपाली सेनालाई भ्यान्टिलेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। नेपाली सेनाका दुई फिल्ड अस्पताल स्थापनाका लागि एक्स–रे मेसिन, आइसीयू भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad