भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपाली सेनालाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
उनले बिहीबार जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
नेपालस्थित भारतीय दूतावासका अनुसार नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, आईसीयू भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।
याे पनि: प्रधान सेनापतिद्वारा भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण
त्यसअघि दुई सेनाप्रमुखबीच जंगी अड्डामा भेटवार्ता भएको थियो।

याे पनि: - जंगी अड्डामा प्रधान सेनापति थापा र भारतीय सेना प्रमुख नरवणेबीच द्विपक्षीय वार्ता

प्रतिक्रिया