अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा दुवै उम्मेदवारले जित्ने आशा व्यक्त गरेका छन्।
डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले डेलावेयरमा संक्षिप्त मन्तव्य दिँदै धैर्य राख्न समर्थकहरुलाई आग्रह गरे।
‘लामो समय लाग्छ भन्ने हामीलाई थाहा थियौँ,’ उनले भने, ‘धैर्य र विश्वास राखौँ। हामी यो निर्वाचन जित्ने क्रममा छौँ’
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राति नै वक्तव्य दिने जनाएका छन्।
‘आज राति म एक वक्तव्य दिनेछु। ठूलो जित!’ ट्रम्पले ट्विट गरेका छन्।

प्रतिक्रिया