राजनीति


सोचेभन्दा बलियो अवस्थामा ट्रम्प, प्रतिस्पर्धात्मक राज्यमा अगाडि

सोचेभन्दा बलियो अवस्थामा ट्रम्प, प्रतिस्पर्धात्मक राज्यमा अगाडि

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ५:३६,

अमेरिकी राष्ट्रपतीय निर्वाचन डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले फराकिलो अन्तरले जित्ने अपेक्षा धेरैले गरेका थिए।

किनभने यस कीर्तिमानी संख्यामा हुलाकबाट अग्रिम मतदान भएको थियो। त्यसमाथि कोरोना भाइरस महामारीका कारण ट्रम्पको अवस्था बलियो थिएन।

तर, मतपरिणाम सार्वजनिक भइरहँदा ट्रम्पको स्थिति सोचेभन्दा बलियो देखिएको विश्लेषकहरुले बताएका छन्।

दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको ओहायो राज्य ट्रम्पले जितेका छन्। त्यस्तै फ्लोरिडा, जर्जिया र नर्थ क्यारोलाइनामा पनि उनले जित हात पार्ने अपेक्षा गरिएको छ। यी राज्यमा बाइडेनले ठूलो लगानी गरेका थिए।

एरिजोना राज्यमा भने बाइडेन अगाडि छन्।

खासगरी ल्याटिनो मतदाताबीच बाइडेनले राम्रो प्रदर्शन गर्न नसकेको जनाइएको छ।

राष्ट्रपति बन्न उम्मेदवारले २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ। हालसम्म बाइडेनले २१३ इलेक्टोरल मत हासिल गरेका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पले १३६ इलेक्टोरल मत पाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad