राजनीति


अमेरिकी राष्ट्रपतीय निर्वाचनः बाइडेनलाई सुरुवाती अग्रता

अमेरिकी राष्ट्रपतीय निर्वाचनः बाइडेनलाई सुरुवाती अग्रता

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ५:१३,

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ। सुरुवाती चरणमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता हासिल गरेका छन्।

यद्यपि अहिले नै कसले जित्छ, भन्न सकिने अवस्था नरहेको विश्लेषकहरुले बताएका छन्।

हालसम्म बाइडेनले २१३ इलेक्टोरल मत हासिल गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले १३६ इलेक्टोरल मत पाएका छन्।

राष्ट्रपति बन्न उम्मेदवारले २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ।

कडा प्रतिस्पर्धा रहेका राज्यहरु फ्लोरिडा, नर्थ क्यरोलाइना, ओहायोजस्ता राज्यमा भने ट्रम्प अघि देखिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad