अमेरिकाको नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानको परिणाम आउन सुरु भएको छ।
डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका जो बाइडेनले कोलोराडो राज्यमा जित्ने सम्भावना देखिएको बीबीसीले केही बेरअघि दिएको खबरमा उल्लेख छ।
स्विङ स्टेट मानिने उक्त राज्य जितका लागि प्रमुख क्षेत्र मानिनेमध्ये एक हो। यसमा डाेनल्ड ट्रम्पभन्दा बाइडेन अगाडि देखिएका हुन्। मत परिणाम भने समचारमा उल्लेख छैन।
जुन राज्यका मतदाताले आफूलाई परिवर्तन गरिरहन्छन्। अर्थात् कहिले डेमोक्रेट त कहिले रिपब्लिकनका उम्मेदवारलाई मत दिन्छन्।
आगामी चार वर्ष राष्ट्रपति बन्न वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प (रिपब्लिकन पार्टी) र पूर्वउपराष्ट्रपति जो बाइडेन (डेमोक्रेट) बाट उम्मेदवार छन्।
याे पनि : अमेरिकामा कसरी चुनिन्छन् राष्ट्रपति?

प्रतिक्रिया