सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर गएराति ११ बजे दुर्घटना भएको हो।
दुर्घटनामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिपर सडकबाट करीब ४०० मिटर तल अरुण नदीको किनारामा पुगेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए। चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रतिक्रिया