नेपाली कांग्रेसले पार्टी नेता सूर्यबहादुर केसीको निधनप्रति दुःख प्रकट गर्दै पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकष्मिक बैठकले कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
यस्तै, १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सदस्य केसीको सोमबार पोखरा महानगरपालिका–७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएको थियो। केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका छन्।
केसी पिता कीर्तिबहादुर केसी र माता पदमकुमारी केसीको ज्येष्ठ सुपुत्रको रुपमा विसं २०१४ जेठ १० गते जन्मेका हुन्। २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक प्रणाली अन्तर्गत प्रनिनिधि सभा सदस्य भएका थिए। त्यसअघि उनी राप्रपाका नेता थिए।

प्रतिक्रिया