कला


गीतको विषयलाई लिएर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

गीतको विषयलाई लिएर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ११:१८,

उच्च अदालत पाटनले र्‍यापर भिटेन नामले परिचित समिर घिसिङलाई पक्राउ नगर्न आदेश दिएको छ।

मंगलबार उच्च अदालतका न्यायधीश नहकुल सुवेदीको इजलासले फौजदारी बाहेक गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको हो।

र्‍यापर भिटेनले कात्तिक १६ गते प्रहरी प्रधान कार्यालय नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा रिट निवेदन दर्ता गराएका थिए।

हालसाल सार्वजनिक भएको गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो। प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्रचार गरेपछि भिटेन अदालतको शरणमा पुगेका हुन्।

अहिले भिटेनलउक्त गीतको भिडियो आफ्नो आधिकारी युट्युब च्याननलबाट हटाएर माफी समेत मागिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad