मंगलबारको अमेरिकी राष्ट्रपतीय निर्वाचनअगावै सवा नौ करोड अमेरिकीले अग्रिम मतदान गरिसकेका छन्।
सन् २०१६ मा १३ करोड ६५ लाखले मतदान गरेका थिए। यसपटक १५ करोड बढीले मतदान गर्ने अपेक्षा गरिएको छ।
अमेरिकामा २३ करोड भन्दा बढी मानिस मतदानयोग्य उमेरका छन्। तर, तीमध्ये थुप्रैले नामावली दर्ता गराएका छैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेन चुनावी अभियानको अन्तिम दिन आआफ्ना मतदाताको संख्या बढाउन प्रयत्नरत छन्।
सोमबार बाइडेनले ओहायो र पेन्सलभेनिया राज्यमा चुनावी कार्यक्रम गर्दैछन्। ट्रम्प भने नर्थ क्यारोलाइना, मिसिगन, विस्कन्सिन र पेन्सलभेनिया राज्य पुग्नेछन्।
कोरोना महामारीबीच हुन लागेको निर्वाचनअघि गरिएका सर्वेक्षणहरुमा बाइडेन ट्रम्पभन्दा अगाडि देखिएका छन्।
महामारीबाट अमेरिकामा २ लाख ३० हजारको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया