कारोबार


ओपोको नयाँ घोषणा, मोबाइल पोजिसनिङ प्रविधि नयाँ युग उन्मुख

ओपोको नयाँ घोषणा, मोबाइल पोजिसनिङ प्रविधि नयाँ युग उन्मुख

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १५:६,

ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व-विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ।

‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा ईनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ। बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो। यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पु-याउने कुरामा हामी विश्वस्त छौँ’,

ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने।

मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथ ओपोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको हो । आरटीके पोजिसनिङ प्रविधिवाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट)मा आधारित छ।

यसले मेजरिङ स्टेशन्स मार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोशेस गरी स्थानकाबारेमा सटिक जानकारी प्रस्तुत गर्छ। जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्यागिक मापनका लागि गरिन्थ्यो।

यसको सिधा प्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो। ओपोले एक्सेलेरोमिटर र गायरोस्कोप लगायत मोबाइल फोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो। यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेटमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनिकरणमा समेत सघाउ पु-याउँछ।

सन् २०२१ देखि ब्यवसायिक रुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल ओपो यस प्रविधिलाई परिपूर्ण र ब्यवसायिक बनाउने कार्यमा लागिपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad