राजनीति


कर्णाली विवाद : केन्द्रको निर्देशनले रोकियो मन्त्रिमण्डल हेरफेर

कर्णाली विवाद : केन्द्रको निर्देशनले रोकियो मन्त्रिमण्डल हेरफेर

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ५:३५,

कर्णाली प्रदेशको मन्त्रिमन्डल पुनर्गठनबारे छलफल तिब्र पारेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री हेरफेरको काम आज नगरी एक–दुई दिनभित्र गर्ने भएका छन्।

आन्तरिक छलफल तथा परामर्श तीब्र भएपनि आज आइतबार नै पुनर्गठन हुने संभावना नरहेको मुख्यमन्त्री शाहीनिकट स्रोतले बतायो।

आइतबार बिहान पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा सोहि प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहितका नेताहरुसँग परामर्श गरेका शाहीले आजै पुनर्गठन नगर्ने निष्कर्षमा पुगेको हुन्।

‘आन्तरिक छलफल र परामर्श भैरहेको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले नेपालखबरसंग भन्यो, ‘तर आजै मन्त्रीमण्डल पुनर्गठन हुँदैन, एक–दुई दिन लाग्छ।’

कर्णाली प्रदेशकै एक सांसदले पनि आज मन्त्रीमण्डल पुनर्गठन हुने संभावना नरहेको बताए ।

‘पुनर्गठन हुन्छ तर आजै हुँदैन, केन्द्रमा दुई अध्यक्षबिच संवादको वातावरण बनेकोले मन्त्रीमण्डल पुनर्गठन आज गरिँदैन तर केही दिनपछि भने हुन्छु,’ छलफल परामर्शमा समेत सहभागी ती सांसदले नेपालखबरसंग भने।

वरिष्ठनेता माधवकुमार नेपाल पक्षले यसअघि नै तीन जना नेतालाई मन्त्री बनाउन नाम प्रस्ताव गरिसकेको छ। सो पक्षले मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मध्येबाट मन्त्री बनाउन नाम दिइसकेको छ।

त्यसैगरी माओवादीबाट बिन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री बनाउने तयारी छ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार पनि छलफल भएको हुँदा मन्त्रीमण्डल पुनर्गठनको तयारी जारी राखेपनि आजै चाहिँ नगर्ने कुरा भएको ती नेताले बताए।

केहि दिन संवादहीनताको अवस्थामा रहेका प्रधानमन्त्री ओली र प्रचण्डबीच शनिबार बालुवाटारमा छलफल भएको थियो।

याे पनि: 
कर्णाली सरकारबाट ओली पक्षका मन्त्री हटाइँदै, मन्त्रिमण्डल पुनर्गठन गर्ने मुख्यमन्त्री शाहीको यस्तो छ तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad