नवलपरासीको पूर्वको देवचुलीमा गैँडाको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ।
देवचुली नगरपालिका १७ कुलेनीका ६५ वर्षीय जंगिलाल मुखियाको आइतबार बिहान गैँडाको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलरासी पूर्वका अनुसार बिहान घर नजिकै बारीमा तोरी छर्न जाँदै गर्दा मुखिया गैंडाको आक्रमणमा परेका हुन्।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मुखियालाई आक्रमण गर्ने गैंडा चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको स्थानीयले बताएका छन्।
3
Shares

प्रतिक्रिया