ad ad

राजनीति


आगामी ५ वर्षका लागि चीनले तयार गर्‍यो योजना, जीडीपीमा होइन आत्मनिर्भरतामा जोड

आगामी ५ वर्षका लागि चीनले तयार गर्‍यो योजना, जीडीपीमा होइन आत्मनिर्भरतामा जोड

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ९:५१,

कोरोना भाइरस महामारीबाट उत्पन्न अनिश्चितताका कारण थुप्रै मुलुक अर्को सातासम्मका लागि योजना बनाउन सकिरहेका छैनन्। तर, चिनियाँ नेताहरुले आगामी १५ वर्षका लागि राष्ट्रिय एजेन्डा तय गरेका छन्।

यसैसाता बसेको चिनियाँ कम्युनिस्ट पार्टीको प्लेनमले आगामी १४औँ पञ्चवर्षीय योजना (२०२१-१०२५) र सन् २०३५ सम्मको लक्ष्य तय गरेको हो।

अर्को वर्ष संसदले पारित गर्नुअघि आगामी पञ्चवर्षीय योजनाको विस्तृत विवरण सार्वजनिक हुने छैन।

यद्यपि आगामी पाँच वर्ष चीनले कुल गार्हस्थ उत्पादन वृद्धिमा जोड नदिने, विज्ञान र प्रविधिको क्षेत्रमा आत्मनिर्भरता विकास गर्ने तथा कार्बर उत्सर्जन कटौती गर्ने हिसाबले योजना बनाइएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यस्तै राष्ट्रपति सी चिनफिङले सन् २०३५ लाई चीनको ‘समाजवादी आधुनिकीकरण’ गरिसक्ने मिति घोषणा गरेका छन्।

चीनले सन् १९५३ मा सोभियत संघकै मोडलमा पहिलो पञ्चवर्षीय योजना सुरु गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .