ad ad

खेल


मेस्सी र रोनाल्डोबारे बार्सिलोना र युभेन्टसबीच रोचक ट्वीटर युद्ध!

मेस्सी र रोनाल्डोबारे बार्सिलोना र युभेन्टसबीच रोचक ट्वीटर युद्ध!

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार १०:०,

तर खेल समर्थकबीच भने आ–आफ्नो तर्क छ। मेस्सीका समर्थकले मेस्सी महान र रोनाल्डोका समर्थकले रोनाल्डो महान ठान्दछन्।

यसबीचमा मेस्सी आवद्ध बार्सिलोना र रोनाल्डो आवद्ध युभेन्टस क्लबबीच पनि मेस्सी र रोनाल्डो को उत्कृष्ट भन्ने विषयमा विवाद भएको छ।

बुधबार राति च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्टसलाई २–० ले पराजित गरेसँगै बार्सिलोनाले आफ्नो ट्वीटर ह्यान्डलमा मेस्सीको फोटो पोस्ट गर्दै लेखेको थियो,‘हामी खुशी छौं कि तपाइँले आफ्नै मैदानमा सबै समयका महान खेलाडी देख्न पाउनुभयो।’

कोरोना संक्रमण भएका कारण रोनाल्डो हिजोको खेलमा उपस्थित थिएनन्। कोरोना संक्रमणबाट मुक्त भए अब अर्को खेलमा भने रोनाल्डो उपस्थित हुने अपेक्षा गरिएको छ। अर्को खेल बार्साको घरेलु मैदानमा हुनेछ।

बार्सिलोनाले मेस्सीलाई महान खेलाडी देख्न पाउनुभयो भन्दै ट्वीट गरेपछि युभेन्टसले पनि उक्त ट्वीटलाई रिट्वीटगर्दै भनेको छ,‘तपाइँले सायद गलत शब्दकोष पल्टाउनुभयो। हामी साँच्चैको सबै समयको महान खेलाडी क्याम्प नाउँमा ल्याएर तपाइँलाई देखाउनेछौं।’

रोनाल्डो र मेस्सीले विश्वकपबाहेक फुटबलमा पाउनुपर्ने सबै उपाधि हात पारिसकेका छन्। मेस्सी किर्तिमानी ६ पटकका बालुक डि’ ओर विजेता हुन्भने रोनाल्डो पाँचपटकका बालुन डि’ ओर विजेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .