इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्म जयन्तीको अवसरमा प्रदेश २ मा भोलि सार्वजानिक विदा हुने भएको छ।
मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै शुक्रबार प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेका हुन्।
उनले इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा जन्मदिनको अवसरमा प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनि शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया