ad ad

राजनीति


दुई पटक स्थगित केन्द्रीय कार्यसमितिको बैठक कांग्रेसले कार्तिक २१ गते बोलायो

दुई पटक स्थगित केन्द्रीय कार्यसमितिको बैठक कांग्रेसले कार्तिक २१ गते बोलायो

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ८:१८,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन्।

उक्त बैठक पार्टीको आगामी १४औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने पनि मुख्य सचिव पौडेलले विज्ञप्तिमार्फत जनाएका छन।

यसअघि असोज १९ गतेका लागि बोलाइएको बैठकअघि केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो।

यस्तै असोज २५ गते दोस्रो पटक बैठक बोलाइए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .