राजनीति


महाधिवेशनबाट रवि लामिछाने नै सभापति हुनुपर्छ: रञ्जु दर्शना

महाधिवेशनबाट रवि लामिछाने नै सभापति हुनुपर्छ: रञ्जु दर्शना

नेपालखबर
असार ५, २०८३ शुक्रबार १७:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य एवं सांसद रञ्जु दर्शनाले आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन्। 

प्रतिनिधि सभाको बैठकपछि शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै दर्शनाले रास्वपाको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन्। चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको उनको भनाइ थियो। 

‘महाधिवेशन कुनै पनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो। संगठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ,’ उनले भनिन्। 

महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा बोल्दै उनले सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि पदाधिकारीका लागि अघि बढ्ने बताइन्। 

‘पदाधिकारी बन्नका लागि पहिला केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म सुरुमा केन्द्रीय सदस्यमै लड्छु,’ उनले भनिन्। 

पार्टीभित्रको असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न चर्चाका विषयमा टिप्पणी गर्दै उनले रास्वपाप्रतिको बढ्दो आकर्षणका कारण यस्ता छलफल हुनु स्वाभाविक भएको बताइन्। पार्टी विभाजनको सम्भावनालाई नकार्दै उनले नेतृत्व तहबाट त्यस्ता गतिविधिमा कुनै समर्थन नरहेको जिकिर गरिन्। 

महाधिवेशनको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै उनले विभिन्न उपसमितिहरू क्रियाशील रहेको र आफू स्वास्थ्य उपसमितिमा रहेर काम गरिरहेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad