ad ad

राजनीति


यसकारण फ्रान्सेली उत्पादन बहिष्कार गर्दैछन् मुस्लिम मुलुकहरु...

यसकारण फ्रान्सेली उत्पादन बहिष्कार गर्दैछन् मुस्लिम मुलुकहरु...

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ८:२०,

हालै फ्रान्सका एक शिक्षकको शिर छेदन गरी हत्या भएको थियो। ती शिक्षकले विद्यार्थीहरुलाई अभिव्यक्ति स्वतन्त्रताको विषयमा बुझाउन खोज्दा मुस्लिम धर्मगुरु पेगेम्बर मोहम्मदको विवादस्पद तस्बिरहरु देखाएका थिए।

देखाइएका कार्टुनहरुमा धर्मगुरु मोहम्मदको खिल्ली उडाइएको पाएपछि मुस्लिम अतिवादीहरुले ती शिक्षक स्यामुअल पटीको शिर छेदन गरेका थिए।

उक्त घटनापछि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले सरकारले मुसलमान अतिवादी समूहविरुद्ध सशक्त कदम चाल्ने बताएका थिए।

उनले सो क्रममा मुस्लिम धर्म सम्बन्धी विवादस्पद अभिव्यक्ति पनि दिएका थिए।

शुक्रवार मारिएका शिक्षक स्यामुअल पटीले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदका विवादास्पद् कार्टुनहरू देखाएका थिए।शिक्षक स्यामुअल पटी

उनले मुस्लिम धर्म आज विश्वभर संकटमा रहेको बताउँदै यस र्धममा कट्टरपन्थी र प्रलोभनद्वाराग्रस्त बनेका मानिसहरु रहेको र उनीहरुले अरुको विनाशको सोच राख्ने आरोप लगाएका थिए।

म्याक्रोंले शिक्षकको हत्यालाई इस्लामी आतंकवादीको आक्रमणको संज्ञा दिएका थिए।

म्याक्रोंले विवादित बयान दिएयता मुस्लिम राष्ट्रहरु उनीसँग रुष्ट बनेका हुन्।

हाल बंगलादेश, पाकिस्तान, कुवेत, जोर्डन, कतार, टर्कीजस्ता मुस्लिम राष्ट्रहरुले फ्रान्सेली उत्पादन र सामग्रीमाथि प्रतिबन्ध लगाएका छन्।

पाकिस्तान र इरानको संसदमा सोमबार फ्रान्सेली राष्ट्रपतिको आलोचना नै भएको थियो। बंगलादेशमा मंगलबार फ्रान्सविरुद्ध सडकमा प्रदर्शन भएको थियो।

मुस्लिम देशका नेताहरुले म्याक्रोंले मुस्लिम धर्मको मर्म नबुझी धर्मविरुद्ध गलत अभिव्यक्ति दिएको आरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .