ad ad

समाज


देहरादूनमा नेपाली कुटिएको स्कुलबाट दुई नेपाली विद्यार्थी आइपुगे महेन्द्रनगर

देहरादूनमा नेपाली कुटिएको स्कुलबाट दुई नेपाली विद्यार्थी आइपुगे महेन्द्रनगर

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ७:४५,

नेपाली विधार्थीहरु कुटिएको भारतकाे देहरादूनस्थित विद्यालयबाट दुई नेपाली विद्यार्थी पश्चिमी नाका गड्डाचौकी हुँदै कञ्चनपुरको महेन्द्रनगर आइपुगेका छन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार देहरादूनको शाक्य एकेडेमीमा अध्ययनरत् दुई नेपाली विद्यार्थी सिमा नाका गड्डाचौकी आइपुगेका हुन।

‘नेपाली विद्यार्थीहरु कुटिएको भनिएको स्कुलमा अध्ययनरत् दुई विद्यार्थी नाकामा आइपुगेका छन्। उनीहरु स्कुलबाट भागेर आएजस्तो देखिन्छ। चोटपटक भने देखिन्न। सामान्य अवस्थामै छन्। विस्तृतमा सोधपुछ भइरहेको छ,’ थापाले नेपालखबरसँग भने।

दुई नेपाली विद्यार्थीसँगै पश्चिम बंगलाका तीनजना विद्यार्थीहरु पनि छन। नेपालबाट घर जान छोटो बाटो पर्ने भएकाले भारतीय विद्यार्थीले पनि यो बाटो प्रयोग गरेको हुनसक्ने डीएसपी थापाले बताए।

सिमा नाकामा आइपुग्नेमा मकवानपुरका १७ वर्षका नवीन तामाङ र बाग्लुङका भूमीराज घर्तीमगर छन। उनीहरुलाई अभिभावकसँग समन्वय गरेर घर पठाइने डीएसपी थापाले बताए।

Dehradun returnee students 1

देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीलाई त्यहाँका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपिट गरेका थिए।

दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै निवेदन दिएका नेपाली विद्यार्थीमाथि रिम्पोचेले कुटपिट गरेको आफन्तले बताएका छन।

उक्त एकेडेमीमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङलगायत स्थानबाट नेपाली विधार्थीहरु पढ्न जाने गर्दछन।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयमा आवश्यक छानविनको प्रक्रिया अघि बढिसकेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .