राजनीति


दसैँ मान्न झापा पुगेका बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

दसैँ मान्न झापा पुगेका बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ५:०,

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

उनले मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad