कारोबार


तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आउने

तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आउने

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ४:२५,

चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका आज (बुधबार) देखि पुनः खुल्ने भएको छ।

कोरोना संक्रमणको कारण बन्द रहेको नाका १९ असोजमा खुलेलगत्तै बन्द भएको थियो। त्यतिबेला सामान लोड अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि खुलेको दुई दिनमै नाका बन्द भएको थियो।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले आजबाट नाका खुल्ने जानकारी गराएको छ।

नाका खोल्ने तयारीको लागि बुधबार बिहान सीमा क्षेत्रमा दुबै देशका अधिकारीको बैठक बस्ने उनले बताए। नाका खोल्नुअघि चिनियाँ अधिकारीले कोरोना संक्रमण नियन्त्रणको लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्नेछन्।

नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाएर नाका खोल्ने दुबै देशको तयारी छ।

नाका सञ्चालनमा आएसँगै दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामान नेपाल आउने छन्। चिनियाँ ट्रकले नेपाली भूभागमा सामान ल्याएर छोड्ने समझदारी बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad