राजनीति


राप्रपा अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज

राप्रपा अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ११:४५,

कोरोना संक्रमण भई अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि असोज ३० गते चाबहिलस्थित ॐ अस्पताल भर्ना भएका थिए। थापाको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

गत असोज ३० गते बुधबार स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा थापामा कोरोना पोजिटिभ देखिएको थियो।

उनलाई टाउको दुख्ने, ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो।

डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पताल ब्यबस्थापन समिति कर्मचारी, आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा कृतज्ञता तथा धन्यवाद ब्यक्त गरेका छन्।

थापाको उपचारमा सो अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्की लगायतको डाक्टर र नर्सहरुको टिम संलग्न रहेको थियो।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad