राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते ॐअस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई आज डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो। उनलाई टाउको दुख्ने, ज्वोरो आउने र श्वासप्रस्वासमा केही असहज महसुस भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार गरिएको थियो।
थापाको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्की लगायतको डाक्टर र नर्सहरुको टिम संलग्न रहेको थियो।
१० दिनको अस्पताल बसाई पछि डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया