ad ad

राजनीति


अजरबैजान-अर्मिनियाबीच भीषण युद्ध भइरहेका बेला इरानले सीमामा बढायो सैन्य शक्ति

अजरबैजान-अर्मिनियाबीच भीषण युद्ध भइरहेका बेला इरानले सीमामा बढायो सैन्य शक्ति

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार २:३५,

नागोर्नो-काराबाखको स्वामित्वका विषयमा दुई मुलुक अर्मिनिया र अजरबैजानबीच भीषण युद्ध भइरहेका बेला नजिकै रहेको इरानले आफ्नो उत्तरी सीमामा सुरक्षा व्यवस्था बढाएको छ।

फोर्स न्युज एजेन्सीले इरानका बोर्डर गार्ड्स कमान्डर ब्रिगेडियर जनरल अहमद अली गौदार्जीको भनाइ उधृत गर्दै भनेको छ, ‘सुरक्षा एकाइ, अति आवश्यक उपकरण, इलोक्ट्रोनिक, अप्टिक, ड्रोन र निगरानी गर्ने प्रणाली यस क्षेत्रमा बढाइएको छ र यी सबैलाई हाई अलर्टमा राखिएको छ। साथै यस क्षेत्रको रपोर्टिङ तत्काल आदानप्रदानको व्यवस्था पनि मिलाइएको छ।’

कमान्डरले इरानको सीमा क्षेत्रको अवस्था अहिलेसम्म सामान्य नै रहेको बताएका छन्।

नागोर्नो-काराबाख क्षेत्रको स्वामित्व दाबी गर्दै अजरबैजान र और अर्मिनियाका सेनाबीच जारी लडाइँका क्रममा इरानका सीमा क्षेत्रमा रहेका गाउँम सयभन्दा बढी मोर्टार खसिसकेका छन्। जसले घरमा सामान्य क्षति पुर्‍याएका छन्।

घटनाविरुद्ध इरानले दुवै मुलुकलाई चेतावनी दिइसकेको छ। जानाजान होस् वा भूलवश, आफ्नो क्षेत्रमा गोली, क्षेप्यास्त्र केही खसेमा त्यसको कडा जवाफ दिइने इरानले चेतावनी दिएको हो। 

याे पनि :  अजरबैजान-आर्मेनिया युद्धः क्षेप्यास्त्रले लाग्दा १२ को मृत्यु ४० घाइते, २० घर ध्वस्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .