साउदी अरबमा कोरोना भाइरस संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ।
योसँगै विश्वका विभिन्न देशमा गरी अहिलेसम्म २ सय ८४ नेपालीले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन्। विश्वका १९ देशका २८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार संक्रमणबाट यो साता साउदी अरबमा थप एक नेपालीको मृत्यु भएको छ।
विश्वका ४२ देशमा गरी हालसम्म ४२ हजार ७५२ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको एनआरएनको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए। तीमध्ये ३९ हजार १७९ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो एक सातायता भारत, स्पेन र कतारमा थप केही नेपालीमा कोरोना संक्रमण देखिएको छ।
प्रतिक्रिया