ad ad

राजनीति


नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार २:३,

सत्तारुढ नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

शर्माले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्। 

शर्मासँगै उनकी पत्नी लक्ष्मी र भाइ अलिन शर्मालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ। तर, शर्माले भने परिवारका अन्य सदस्यलाई संक्रमण भएको विषयमा जानकारी गराएका छैनन्।

शर्मालाई हल्का ज्वरोसमेत आएको छ। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा छन्।

‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँद छु,’ फेसबुकमा उनले लेखेका छन्, ‘केहि दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’

 

कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउद छु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

Posted by Janardan Sharma on Saturday, October 24, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .