राजनीति


अमेरिकालाई चेतावनी दिँदै सी चिनफिङले भनेः हामी आक्रमणकारीलाई परास्त गर्न दृढ छौँ

अमेरिकालाई चेतावनी दिँदै सी चिनफिङले भनेः हामी आक्रमणकारीलाई परास्त गर्न दृढ छौँ

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ११:१९,

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सेना युद्धका लागि तयार रहेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन्।

कोरिया युद्धको ७० औँ वर्षगाँठका अवसरका बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीन आक्रमणकारीलाई परास्त गर्न तयार रहेको बताएका हुन्।

‘चीन कहिल्यै प्रभुत्व लाद्न खोज्दैन न त विस्तार नै गर्न चाहन्छ। चीनको सार्वभौमसत्ता, सुरक्षा र राष्ट्रिय हितलाई कमजोर तुल्याउन खोजे हामी चुपचाप बस्नेछैनौँ,’ सीले भने, ‘आक्रमणकारीहरुलाई रोक्न युद्ध लड्नै पर्ने हुन्छ। हिंसालाई हिंसैले रोक्नुपर्ने हुन्छ। शान्ति र सम्मानका लागि विजय आवश्यक हुन्छ।’

उनले अमेरिकातर्फ संकेत गर्दै प्रभुत्व र धाकधम्कीले काम नगर्ने पनि बताए।

‘ब्ल्याकमेल, नाकाबन्दी, अधिकतम दबाबले काम गर्दैन। प्रभुत्व र धाकधम्कीले कहीँ पनि काम गर्दैन। त्यतिमात्र होइन यस्ता क्रियाकलापले गतिरोधमा पुर्‍याउँछ।,’ उनले भने।

हतियार र सैन्य शक्तिका हिसाबले शक्तिशाली भएपनि कोरियामा युद्धमा अमेरिकाले पराजय बेहोरेको बताउँदै सीले भने, ‘कुनै मुलुक वा कुनै सेना, जतिसुकै शक्तिशाली किन नहुन्, अन्तर्राष्ट्रिय समुदायको भावनाविपरीत उभिएका छन् र मनपरी ढंगले क्रियाकलाप गरिरहेका छन् भने निश्चय नै त्यो प्रत्युत्पादक हुनेछ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad