राजनीति


रानीपोखरी गुरुयोजनाको काम चरणवद्धरुपमा अगाडि बढ्छ : मेयर शाक्य

रानीपोखरी गुरुयोजनाको काम चरणवद्धरुपमा अगाडि बढ्छ : मेयर शाक्य

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ८:३०,

काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडि बढाउने भएको छ।

 महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रुपमा निर्माण गरिने बताए।

रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ। त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिबाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए। यी कामहरु एकैसाथ गर्नेभन्दा पनि चरणवद्ध रुपमा अगाडि बढाउने रणनीति अनुसार काम भइराखेको पनि उनले बताए।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुननिर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो। तरपछि विज्ञहरुको सुझाव अनुसार भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत् रानीपोखरीको विकास गर्न भने बाँकी छ। मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुनेछ। तर, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटीकाको दिन मात्रै खुल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .