ad ad

राजनीति


अर्मिनियातर्फ मृत्यु हुने सैनिकको संख्या ७२९ पुग्यो, इरानले दियो यस्तो चेतावनी

अर्मिनियातर्फ मृत्यु हुने सैनिकको संख्या ७२९ पुग्यो, इरानले दियो यस्तो चेतावनी

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ३:१०,

अजरबैजानविरुद्ध जारी लडाइँमा अर्मिनियातर्फ सैनिक मृत्यु हुने क्रम लगातार बढिरहेको छ।

सोमबार अर्मिनियातर्फ मृत्यु हुने सैनिकको सूचीमा १९ जना थपिएका हुन्। योसँगै अर्मिनियाको मृत्यु हुने सैनिकको संख्या ७ सय २९ पुगेको छ।

आर्मिनियाको रक्षा मन्त्रालयलयले यसअघि मृतक सैनिकको संख्या बढ्न सक्ने जनाएको थियो।

तर अजरबैजानले आफ्नातर्फ भएको क्षतिको जानकारी दिएको छैन।

त्यहाँका राष्ट्रपति इलहाम एलियेवले एक अन्तर्वार्तामा युद्ध सकिएपछि मात्र सबै जानकारी गराउने बताएका छन्।

यसैबीच इरानले मिसाइल वा तोपका गोला आफ्नो भूमितर्फ आयो भने त्यसको कडा जवाफ दिइने चेतावनी दिएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादेले भनेका छन्, ‘इरानको भूमिमा कुनै किसिमको हमला, चाहे त्यो भूलवश किन नहोस्, भयो भने इरानले त्यसको उपयुक्त जवाफ दिनेछ।’

समाचार एजेन्सी तासले इरानी विदेश मन्त्रालयको स्रोत उल्लेख गर्दै यस्तो खबर दिएको हो।

अघिल्लो हप्ता आठ मिसाइल अराकेज नदीको इरानी किनारतर्फ खसेका थिए। तर यसमा कोही हताहत भएनन्।

बीबीसीका अनुसार शनिबार अजरबैजानका सेनाले नदीको अर्का किनारतर्फ आफ्नो झन्डा गाडेका थिए।

jhanda

काराबाखमा भएको तीन हप्ताको लडाइँमा दर्जनौं मिसाइल र गोला इरानी सीमाना भएर गएका छन्।

अजरबैजानका राष्ट्रपतिको दाबी
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले आफ्ना सेनाले दक्षिणी जेबरैल जिल्लाका थप १३ गाउँ पुनः कब्जा गरेको दाबी गरेका छन्।

सोमबार ट्विट गर्दै उनले भनेका छन्, ‘जेबरैल जिल्लाका सोलतानी, अमीरवर्ली, हसनाली, अलिकेसानली, कुमलक, हासिली, गोयारसिनवेसल्ली, नियाजकुल्लर, केसाल मम्मदली, साहवली, हासी इस्माइली और इसाकली गाउँ जितेका छौं।’

 

ब्लगर हबिब मुन्तजजिरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको नक्साको दाबीअनुसार ती सबै स्थान इरानको सीमा आसपास पर्छ।

 

Cəbrayılın 13 kəndi işğaldan azad edilib: Soltanlı, Əmirvarlı, Maşanlı, Həsənli, Əlikeyxanlı, Qumlaq, Hacılı, Göyərçinveysəlli, Niyazqullar, Keçəl Məmmədli, Şahvəlli, Hacı İsmayıllı, İsaqlı kəndləri.

Posted by Hebib Müntezir on Sunday, October 18, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .