ad ad

समाज


पेरूको मरुभूमिमा फेला पर्‍यो बिरालोको दुई हजार वर्ष पुरानो रेखाचित्र

पेरूको मरुभूमिमा फेला पर्‍यो बिरालोको दुई हजार वर्ष पुरानो रेखाचित्र

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ३:३७,

 पेरूको नाज्का मरुभूमिमा बिरालोको दुई हजार वर्ष पुरानो रेखाचित्र फेला परेको छ।

यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको नाज्का लाईन्समा झन्डै दुई शताब्दीअघि बनाइएका अनेकौँ रेखा र आकृतिहरू छन्। जसमा विश्राम गर्न बसेको बिरालोको एउटा आकृति फेला परेको छ। जुन दुई हजार वर्ष पुरानो हो।

नाज्का मरुभूमिको भुइँमा खाल्डो खनेर रङ्गीन माटो बाहिरबाट देखिनेगरी विभिन्न जीवका आकृतिहरू बनाइएको वैज्ञानिकहरुले बताएका छन्।

अहिले फेला परेको बिरालोको आकृतिमा पहिला कसैको दृष्टि परेको थिएन। दृश्यावलोकन गर्ने ठाउँसम्म जान एउटा नयाँ बाटो बनाउने क्रममा उक्त आकृति फेला परेको बिबिसीले जनाएको छ।

प्रस्तावित दृश्यावलोकन स्थलबाट भुइँमा बनाइएका त्यस्ता अनेकौँ आकृतिहरू देख्न सकिन्छ।

पेरूको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बिरालोको आकृति अलिअलि मात्र देखिन्थ्यो र मेटिने क्रममा थियो। किनभने त्यो र प्राकृतिक क्षयको जोखिम भएको भिरालो ठाउँमा छ।’

मन्त्रालयका अनुसार ३९ मिटर लामो उक्त आकृतिलाई गत साता सफा पारेर संरक्षण गरिएको छ। नाज्का लाईन्स हेर्ने जिम्मेवारी पाएका पेरूका प्रमुख पुरातत्त्वविद् जोनी इस्लाले एफे समाचारसंस्थालाई बताएअनुसार बिरोलोको आकृति नाज्का संस्कृतिभन्दा पुरानो हो।

नाज्का संस्कृतिमा अधिकांश आकृतिहरू सन् २०० देखि ७०० सम्म बनाइएको विश्वास गरिन्छ। अहिले फेला परेको बिरालोको आकृति इसापूर्व ५०० देखि सन् २०० को बीचमा पाराकास कालमा बनाइएको इस्लाको निष्कर्ष छ। उनका अनुसार कलाको शैली तुलना गरेर त्यो पत्ता लगाइएको हो।

पाराकास कालमा कपडामा चरा, बिरालो, मानिस बनाइन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .