राजनीति


मन्त्री वसन्त नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि

मन्त्री वसन्त नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १०:४९,

भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमित भएका छन्।

उनले ट्विट गर्दै आज पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको बताएका छन्।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन्।

‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ्नाे स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु,’ उनले ट्विटमा भनेका छन्।

कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो मन्त्री हुन्।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि संक्रमण भएको थियो।

‘हिजो खोकी र ज्वरो देखिएपछि स्वाब संकलन गरिएको थियो आज त्यसको रिपोर्ट आएको छ,’ नेम्वाङका प्रेस संयोजक संदीप राईले भने, ‘सामान्य लक्षणहरु छन् र उहाँ मन्त्री क्वाटरमै होम आइसोलेसनमा बस्नु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad