समाज


२४ घण्टामा ३७ सय ९० संक्रमित थपिए, २३ सय ३५ डिस्चार्ज

२४ घण्टामा ३७ सय ९० संक्रमित थपिए, २३ सय ३५ डिस्चार्ज

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १०:४४,

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार सात सय ९० जना कोरोना संक्रमित थपिएका छन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले १५ हजार सात सय १४ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमित भेटिएको जानकारी दिए।

डा. गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ।

यस्तै, आज संस्थागत आइसोलेसनमा १३ हजार ८ सय ५१ र होम आइसोलेसनमा २६ हजार ९ सय २७ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ३५ जना डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा १८ जना व्यक्तिको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ। यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७ सय ५७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad