राजनीति


विपन्नहरुले चउरमा थाल थापेर छाक टारेका बेला कसरी दसैँ भत्ता लिनु : गोकर्ण विष्ट

विपन्नहरुले चउरमा थाल थापेर छाक टारेका बेला कसरी दसैँ भत्ता लिनु : गोकर्ण विष्ट

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ७:२,

संसदबाट सांसदलगायतलाई उपलब्ध गराइएको दसैँ खर्च वापतको रकम फिर्ता गर्नेमा नेकपा नेता तथा सांसद गोकर्ण विष्ट पनि थपिएका छन्।

यसअघि बिभिन्न दलका सांसदहरुले सो भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए।

‘देशले कोरोनाको महासंकट सामना गरिरहेको र नागरिकहरुले उपचारमा समेत कठिनाई भोगिरहेको अवस्थामा सांसदको हैसियतले दसैँ खर्च लिनु उपयुक्त नलागेकोले सो बापतको सुविधा फिर्ता गर्ने निर्णय गरेको छु,’ उनले भनेका छन्।

उनले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखि देसैँ खर्च वापतको रकम फिर्ता गर्न अनुरोध गरेका छन्।

यसअघि गणेश तिमिल्सिना, नारायणकाजी श्रेष्ठ, भीम रावल, गगन थापा, बालकृष्ण खाँण, सूर्य पाठक, शोभा शाक्य लगायतले दसैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए।

यस्तो छ विष्टले संसद सचिवालयलाई पठाएको पत्रः

gokarnaBista.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad