विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा यसैवर्षको जुलाईदेखि सेप्टम्बरसम्मको तथ्यांक र गतवर्षको सोही त्रैमासिकको तथ्यांकलाई हेर्दा चीनको अर्थनन्त्र ४ दशमलब ९ प्रतिशतले बढेको देखिएको छ।
कुल ग्राह्यस्थ उत्पादनलाई हेर्दा चीन हाल विश्वमै अग्रणी स्थानमा छ। कोरोना भाइरस देखिएको पहिलो तीन महिनामा चीनको अर्थतन्त्रमा ६.८ प्रतिशतको गिरावट आएको थियो।
देशव्यापी लकडाउन र कारखानाहरु बन्द हुँदा आर्थिक कारोबार ठप्प भएको थियो। अहिले भने चिनियाँ अर्थतन्त्रमा सुधार आउँदै गएको छ।
चीनमा कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको अवस्था छ। यहाँका आर्थिक गतिविधि सुरु भइसकेका छन्। एजेन्सी

प्रतिक्रिया