सरकारले अब कोरोना संक्रमितले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेपछि पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आक्रोश व्यक्त गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले सोमबार सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै बरु सीधै अबदेखि सरकारले संक्रमितको संख्या गन्नेबाहेक थप काम केही गर्दैन भनेर घोषणा गर्न सुझाव दिएका हुन्।
‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय : कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू’ शीर्षकमा सांसद थापाले ट्विटरमा लेखेका छन्, ‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ!’
— Gagan Thapa (@thapagk) October 19, 2020स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय"काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु"!
यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा@PM_Nepalबरु सिधै भनिदिनुस्"सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ"
याे पनि :
- ‘सबैथोक नागरिकले नै गर्नुपर्ने भए सरकार किन चाहियो? चर्काे आवाज उठाउनुपर्ने बेला भएन र?’
Shares

प्रतिक्रिया