ad ad

राजनीति


नेकपा नेता रिजालको प्रश्न : सांसदलाई भत्ता बाँड्दा लोकलाज र जिम्मेवारी महसुस गर्नुपर्दैन?

नेकपा नेता रिजालको प्रश्न : सांसदलाई भत्ता बाँड्दा लोकलाज र जिम्मेवारी महसुस गर्नुपर्दैन?

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १०:३५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता विष्णु रिजालले कोरोनाको महामारीका बेला सांसदलाई दसैँ भत्ता बाँड्नु उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।

नेकपाको विदेश विभाग उपप्रमुखसमेत रहेका नेता रिजालले जनतालाई दसैँ मनाउन नहिँड्नुहोस भनेरभन्ने सरकारले संसादहरुलाई भने दसैँ भत्ता बाँडिरहेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले जनताले भेन्टिलेटर र औषधी नपाइरहेको, स्वास्थ्यकर्मीले सास फेर्ने फुर्सद नपाइरहेको र अर्थतन्त्र ओरालो लागिरहेको बेला जनप्रतिनिधिहरुले अलिकति लोकलाज र जिम्मेवारी महसुस गर्नुपर्ने बताएका हुन्।

‘सरकारले नागरिकलाई दसैँ मनाउनकै लागि नहिँड्नूस् भनिरहेको छ। अनि सांसदहरुलाई दशैँ खर्च उपलब्ध गराइरहेको छ’, ट्विटरमा नेता रिमालले लेखेका छन्, ‘जनताले भेन्टिलेटर र औषधी नपाइरहेको, स्वास्थ्यकर्मीले सास फेर्ने फुर्सत नपाइरहेको र अर्थतन्त्र ओरालो लागिरहेको बेला जनप्रतिनिधिहरुले अलिकति लोकलाज र जिम्मेवारी महसुस गर्नुपर्दैन?’

सांसदलाई दसैँभत्ता उपलब्ध गराउने निर्णयको चौतर्फि विरोध भएपछि अहिले केही सांसदहरुले आफूले भत्ता फिर्ता गर्ने बताउँन थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .