साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।
सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्।
‘कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन’ आइतबार विज्ञप्ति प्रकाशित गरी शाक्यले भनेकी छन्।
उनले सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन्।

प्रतिक्रिया