समाज


अस्पतालमा शय्या अभाव भएको भन्दै फर्काएकी कोरोना संक्रमित वृद्धाको घरमै मृत्यु

अस्पतालमा शय्या अभाव भएको भन्दै फर्काएकी कोरोना संक्रमित वृद्धाको  घरमै मृत्यु

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ९:४०,

यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ कि एक वृद्धाको निधन भएको छ।

उनी कोरोना संक्रमित भएपछि छोरीका घरमा आइसोलेसनमा बसिरहेकी थिइन्।

शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान –१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिए। उनलाई दुई दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो।

अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई स‌ंक्रमितलाई भर्ना लिन छाडिएको छ। भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन्। वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad