कारोबार


दशैँका लागि पैसा झिक्नेको बैंकमा भिडभाड

दशैँका लागि पैसा झिक्नेको बैंकमा भिडभाड

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ९:५२,

कोभिड संक्रमणको जोखिमका बाबजुदपनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइचो बढेको छ।

बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ। दशैँ नजिकिँदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोले पनि भिड बढेको देखिएको छ।

कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ। कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन्।

बैंकहरुले डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नै पर्ने बाध्यता रहेको छ।

यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरिपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad