ad ad

राजनीति


अहिलेको अवस्थामा ५ लाख मेट्रिक टन मल ल्याउन शिव वा ब्रम्हा नै आए पनि सम्भव छैन : कृषिमन्त्री भुसाल

अहिलेको अवस्थामा ५ लाख मेट्रिक टन मल ल्याउन शिव वा ब्रम्हा नै आए पनि सम्भव छैन : कृषिमन्त्री भुसाल

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १०:२,

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।

शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिक टन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका छन्।

उनले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आएपनि नसक्ने टिप्पणी गरे। कलकत्ताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए।

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी वा ब्रम्हाजी आए भने पनि सक्दैनन्’, उनले भने, ‘ कलकत्ताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन ल्याउनका लागि कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ ।जो दिनदिनै आउनेछ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए। अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए। कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए।

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए। तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे।

किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केहीगर्न नसकेको उनको भनाइ छ। कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .