ad ad

समाज


पाँच हजार २२७ प्रहरी जवानका लागि भर्ना खुल्यो

पाँच हजार २२७ प्रहरी जवानका लागि भर्ना खुल्यो

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १०:५,

प्रहरी प्रधान कार्यालयले पाँच हजार २२७ जना प्रहरी जवानका लागि भर्ना खोलेको छ।

शुक्रबार सूचना प्रकाशित गरी प्रधान कार्यालय मानव स्रोत विभाग, भर्ना छनौट महाशाखाले सो संख्यामा आवेदन माग गरेको हो।

प्रहरी जवान (जनपद) मा खुलातर्फ २८ सय १७ जना अशक्त-अमर प्रहरी परिवारका तर्फबाट १०५, समावेशीतर्फ महिला ४६१, आदीवासी जनजातीतर्फ ७३७, मधेशी ६४६, दलित ३४५ र पिछडिएको क्षेत्रबाट ११६ जना भर्ना हुनेछन् ।

आवेदन दर्ता कात्तिक १६ गतेदेखि २३ गतेसम्म दिन सकिने महाशाखाले जनाएको छ।

कार्यालयले दरखास्त भर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भइ २३ वर्ष ननाघेका तथा बहालवाला श्रेणीविहीन प्रहरी कर्मचारीका हकमा २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ।

police-bharna.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .