राजनीति


कोरोनाको असरका कारण हुने अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्री थापाको निर्देशन

कोरोनाको असरका कारण हुने अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्री थापाको निर्देशन

नेपालखबर
असोज २७, २०७७ मंगलबार ११:४८,

गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण बढ्ने अपराधका घटनाहरु रोक्नेगरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्।

मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री थापाले भने, ‘नयाँ चुनौतीहरुलाई सफलतापुर्वक सम्पन्न गर्न, जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको यो गोष्ठीले सहयोग गर्ने मैले विश्वास लिएको छु।’

पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए।

गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सीमा नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्नु पर्ने बताए।

प्रहरी समायोजनसम्बन्धी प्रस्ताव पास भइसकेकोले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने मन्त्री थापाले बताए।

दशैँतिहारजस्ता चाडपर्व नजिकएको भन्दै कालोबजारी र महंगी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका नियकालाई भनेका छन्।

गोष्ठीलाई गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतले सम्बोधन गरेका थिए।

गोष्ठीमा १ नम्बर प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षास्थित तथा अन्य गतिविधिबारे रिपोर्टिङ गरेका थिए। सुरक्षा गोष्ठी वैशाखमै गर्नुपर्नेमा कोरोनाका कारण रोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad