एबीसीको अन्तर्वार्ताका क्रममा इरिकले भनेका छन्,‘कोभिड १९ देखा परेको पहिलो दिनदेखि पिताले यो खोप बनाउन सहयोग गर्नु भएको छ, यस खोपलाई अगाडि ल्याउन उहाँले मिहिनेत गर्नु भएको छ र हालै उहाँले उक्त खोप लगाउनु भयो।’
उनले खोपकै कारण पिता स्वस्थ भएको बताए। जब इरिकले आफ्ना पिताले कोरोनाको खोप लगाएको विषयमा बोले पत्रकार जोनाथन कार्लले पिताले खोप लगाएको विषयमा प्रस्ट्याउन भनेका थिए।
त्यसपछि भने इरिकले खोपको प्रसंग निकालेनन्। उनले पिताले वाल्टर रिड अस्पतालमा भर्ना हुँदा राम्रा औषधिहरु लिएको बताए।
So nobody is going to talk about how Eric Trump just let it slip that #DonaldTrump was given the vaccine for COVID-19? Nice. pic.twitter.com/Y95V8npfil
— . (@Alexa_Rebecca) October 12, 2020विश्वमा हालसम्म कुनैपनि कोरोनाविरुद्धको खोपले अन्तिम परीक्षण पार गरिसकेको छैन। अमेरिका, रुस, चीन, बेलायतका खोप अन्तिम परीक्षणका क्रममा छन्।
खोप सार्वजनिक नहुँदै ट्रम्पका छोराले पिताले खोप लगाएको बताएपछि उनी ट्रोलको शिकार पनि बनेका छन्।
यद्यपी डोनाल्ड ट्रम्प गत सोमबार जब अस्पतालबाट बाहिरिएका थिए, उनले त्यसबेला अमेरिकाले कोरोनाविरुद्धको उपचार पद्धतिको विकास गरेको बताएका थिए।
त्यस उपचार पद्धतिले कोरोनालाई जित्न सकिने उनको दाबी थियो। ट्रम्पले हालै मात्र आफू कोरोनामुक्त भएको बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया