राजनीति


दक्षिण चीन सागरमा असिएन राष्ट्रले बाह्य अवरोध रोक्नुपर्छः चिनियाँ विदेशमन्त्री

दक्षिण चीन सागरमा असिएन राष्ट्रले बाह्य अवरोध रोक्नुपर्छः चिनियाँ विदेशमन्त्री

नेपालखबर
असोज २७, २०७७ मंगलबार ९:१७,

रोयटर्सका अनुसार हाल मलेसिया भ्रमणमा रहेका यीले दक्षिण चीन सागरको विषयमा बाह्य अवरोध बढेको बताउँदै आसिएन राष्ट्रले मिलेर त्यस्ता अवरोधलाई हटाउनुपर्ने बताएका हुन्।

सो क्रममा मलेसियाका विदेशमन्त्री हिसामुदिन हुसेनले भने शान्तिपूर्ण छलफलको माध्यमबाट दक्षिण चीन सागरको क्षेत्रीय विषयलाई सुल्झाउनुपर्ने बताएका थिए।

दक्षिण चीन सागर विवादित जलक्षेत्र मानिन्छ। चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनाम जो आसिएनमा आवद्ध छन् उनीहरुले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको जनाएको छ।

चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।

तर आसिएन राष्ट्रले अमेरिकाको उपस्थितीलाई स्वागत गरेको अवस्था छ। यसबीचमा चीनले आसिएन राष्ट्रले बाह्य अवरोधको विरोध गर्नुपर्ने बताएको हो।

अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ।

यो पनिः ‘सेप्टेम्बरमा अमेरिकाका ६० जासुसी विमान चीन नजिक आएका थिए’

दक्षिण चीन सागरको विषयमा अमेरिकाको पक्ष नलिन आसिएन राष्ट्रलाई चीनको चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad