राजनीति


युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

नेपालखबर
असोज २४, २०७७ शनिबार ८:२८,

सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुु¥याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताए।

‘आर्थिक प्रलोभनमा नपरी सुशासन र पारदर्शीरूपमा सेवा पु¥याउन लाग्नुपर्छ’, उनले भने, ‘जनतालाई सहज सेवा दिन कार्यालयमा नियमित उपस्थित, नरम व्यवहारदेखि अतिरिक्त समय समेत कार्यालयलाई दिएर राज्यको सेवा सरल बनाउनुहोस्।’

विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उनको विश्वास छ। विकास निर्माणलगायतका कामसहित सेवा प्रवाहमा राजनीतिक दलसहितका सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीको सुझाव छ।

‘देशको शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेका छन्, त्यसलाई रोक्न सक्ने योजना बनाउनुपर्छ’, उनले भने, ‘तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपक्षीपालनलगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुहोस्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad